चापाकोट महोत्सव: सन्तोषको सम्झनामा भलिबल प्रतियोगिता

विजेतालाई नगद रु १ लाख ५० हजार

स्याङ्जा | माघ २८, २०८०

चापाकोट महोत्सव: सन्तोषको सम्झनामा भलिबल प्रतियोगिता

पोखरा:     गण्डकी प्रदेशका भलिबल खेलाडी स्व. सन्तोष थापामगरको स्मृतिमा स्याङ्जाको चापाकोटमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । 

 

चापाकोट उद्योग वाणिज्य संघले आयोजना गरेको दोस्रो चापाकोट महोत्सवमा प्रथम सन्तोष थापा स्मृति कप आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको प्रतियोगिता संयोजक राजन दलार्मीले जानकारी दिए । 

 

दर्लामीले आगामी फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने दोस्रो चापाकोट महोत्सवमा स्वर्गीय थापामगरको स्मृतिमा आमन्त्रित जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको संयोजक दर्लामीले बताए । 

 

‘गण्डकी प्रदेशका भलिबल खेलाडी सन्तोष थापामगर भलिबल प्रतियोगिता खेलेर गत कात्तिकमा घर फर्किने क्रममा मोटरसाईकल दुर्घटनामा परेर निधन भयो’,  प्रतियोगिता संयोजक दर्लामीले भने, ‘प्रदेशले महत्वपूर्ण भलिबल सदस्य गुमाएको छ । त्यसैले सन्तोषको सम्झनामा हामीले चापाकोट महोत्सवको अवसरमा जिल्ला स्तरीय भलिबल प्रतियोगिता आयोजना गरेका हौं ।’

 

उनका अनुसार चापाकोट नगरपालिका–९ सुन्तलीटार खेलमैदानमा हुने सो प्रतियोगिताको विजेताले १ लाख ५० हजार, उपविजेताले १ लाख र तेस्रो हुनेले ५० हजार रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । 

 

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ५ हजार, उत्कृष्ट स्पार्ककर, ब्लकर, सेटर, डिफेन्डर,सर्भर प्रशिक्षकले जनही ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

 

चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुन्तलीटारमा दोस्रो चापाकोट महोत्सवमा जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता फागुन ८ देखि १३ गतेसम्म सञ्चालन हुद छ । 

 

फागुन ३ देखि १३ गतेसम्म सञ्चालन हुने महोत्सवमा  कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीयस्थलहरुको फोटो प्रर्दशनी, रतौली गीत प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । 

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्